मासु

मासु....

मैले आफुलाई बेची 

स्वार्थ अहमभित्र उनी

किनेको एक पोका मासुको

नाम धेरै छन्

खानेहरुको बहाना पनि त्यस्तै छन् ।


कत्तिले सिटन बुझे

कत्तिले भुटन भने

प्रोटिन, खनिज र वसा

विज्ञानले हुन्छन् धेरै त्यसमा भने ।


रक्सीको आहार

भोजको व्यवहार 

यस्तै यस्तै पनि भने ।


अफसोच

मलाई त 

दाँत बीच अड्किने

सिन्काले घोच्दै निकाल्नुपर्ने

त्यो मासु जस्तै तिमी महसुस भयो 

अप्ठ्यारो मानी मानिकन निकाल्नुपर्ने काँढा भयो

जस्मा दुखाई छ

स्वाद पनि त्यस्तै छ.....

प्रतिक्रिया