गण्डकीका कृषि तथा भूमी व्यवस्था मन्त्री जिसीले गरे कोवाङ स्कुलको अवलोकन

जोमसोम— गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसी मुस्ताङ भ्रमणमा छन् । उनीसंगै  मन्त्रालय मातहतका कर्मचारी तथा कृषि विकास निर्देशानालयका कर्मचारी भ्रमण दलमा सामेल छन् । हिमाली जिल्ला मुस्ताङमा मन्त्रालय अन्र्तगत योजना अनुगमन र चालु आर्थिक वर्षका लागि योजना छनौट गर्ने क्रममा मन्त्री जिसी सहितको टोली मुस्ताङ आएको बताईएको छ ।

यसैक्रममा गण्डकीका कृषि तथा भूमी व्यवस्था मन्त्री जिसीसहितको टोलीले बिहिबार थासाङ गाउँपालिका—२ कोवाङ स्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयको अवलोकन गरे । २००९ सालमा स्थापना भएको विद्यालय विभिन्न चरण हुँदै २०३९ सालमा माध्यमिक शिक्षा तहमा स्वीकृत भएको थियो । यसको २ वर्षमै उक्त विद्यालय माध्यमिक कृषि प्राविधिक धारतर्फको पठन÷पाठन गर्ने अख्तियारी पायो । यो विद्यालयले २०७३ सालदेखि नियमित रुपमा प्लस टु सम्मको कृषि प्राविधिक शिक्षाको अध्ययन अध्यापन गराउँदै आईरहेको छ ।

 मन्त्री जिसीसहितको टोली जनआदर्श अमरसिंह माध्यमिक विद्यालय पुग्दा उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार शेरचन,प्राधानाध्यापक खिमबहादुर गुरुङसहित विद्यालयका विद्यार्थीहरुले स्वागत गरे । सो अवसरमा थासाङका शिक्षाप्रेमीसहित स्थानीय जनप्रतिनिधिहरु उपस्थित भएका थिए । विद्यालयका प्राधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार शेरचनले विद्यालयको शैक्षिक,भौतिक र आर्थिक अवस्थाका बारेमा मन्त्री जिसीले जानकारी गराए । सो अवसरमा मन्त्री जिसीले विद्यालयको भौतिक संरचनाका साथै विद्यालयको खेतीयोग्य जमिनको निरीक्षण गरेको विद्यालयका प्राधानाध्यापक खिम बहादुर गुरुङले जानकारी दिए ।

मन्त्री जिसीले मुस्ताङ बसाईका क्रममा प्रदेश सरकार अन्तर्गतका योजनाहरुको अनुगमन तथा निर्देशन दिने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया