कञ्चनपुर — नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकनजिक सडकपेटीमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार घटनास्थललाई सिल गरिएको छ र अनुसन्धान जारी रहेको छ। मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा चिकित्सकसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ।
कलौनी नेपाली कांग्रेसका सक्रिय नेता थिए। उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका थिए। नेविसंघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए। साथै, उनी महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि थिए।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता