तेत्तिस वर्ष शिक्षण पेशामा बिताएका चिमाङ स्कुलका प्र.अ. विकको निधनमा शोक विदा

तेत्तिस वर्ष शिक्षण पेशामा बिताएका मुस्ताङको चिमाङ  स्कुलका प्र.अ.को निधनमा शोक विदा

सुन्दरकुमार थकाली

जोमसोम—झन्डै ३३ वर्ष शिक्षण पेशामा बिताएका प्रधानाध्यापक रणबहादुर विकको निधनमा मुस्ताङका सामुदायिक शिक्षण संस्थाहरुमा शोक विदा दिने निर्णय गरिएको छ ।नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मुस्ताङले जिल्लाका सामुदायिक शिक्षण संस्थाहरुमा श्रद्धान्जली सभा गरी शोक विदा दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शिक्षक महासंघको विज्ञप्तीमा नेपाल शिक्षक महासंघकातर्फ राजुप्रसाद श्रेष्ठ,नेपाल शिक्षक संघकातर्फबाट गोबिन्द प्रसाद श्रेष्ठ,नेपाल राष्ट्रिय शिक्षक संगठनकातर्फबाट कृष्णप्रसाद कोईराला र एकिकृत अखिल नेपाल शिक्षक संगठन मुस्ताङकातर्फबाट भेषराज बास्तोला लगायतले शोक विदा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थायी घर भएका प्रधानाध्यापक रणबहादुर विक पछिल्लो समय मुस्ताङको घरपझोङ गाउँपालिका—१ चिमाङ स्थित निलगिरी विद्यालयमा कार्यरत थिए ।

२०४७ साल फागुन २८ गतेबाट शिक्षण पेशामा आवद्ध रहेका प्रधानाध्यापक विकले ३३ वर्ष लामो अवधि शिक्षण पेशामा बिताएका थिए । पिता धनबहादुर विक र माता सुमित्रा विकको कोखबाट २०२६ साल चैत्र २८ गते जन्मिएका थिए ।

प्रधानाध्यापक विकको अचानक बिरामी भएर जोमसोम अस्पतालमामा पू¥याएपछि उपचारका क्रममा सोमबार ५४ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले बताएको छ । प्रधानाध्यापक विकको मंगलबार (आज) चिमाङ खोलामा अन्त्येष्टि गरिने जनाईएको छ ।

निकै भद्र शालीन र पेशाप्रति पूर्ण समर्पित प्रधानाध्यापक विकको निधनमा नेपाल शिक्षक महासंघसहित जिल्लाका पेशागत संघसंगठनहरुले श्रद्धान्जली अर्पण गरेका छन् । यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि सोबबार विज्ञप्ती जारी गरी श्रद्धान्जली अर्पण गर्दे मंगलबार पालिका भित्रका सामुदायिक तथा निजी स्कुलमा शोक विदा दिने निर्णय गरेको थियो । 

योसंगै जिल्लाका करिव ३ दर्जन सामुदायिक विद्यालयहरुमा मंगलबार शैक्षिक पठन÷पाठन नहुने बताईएको छ ।



प्रतिक्रिया