काठमाडौं, जेठ २० – जडीबुटीस्थित अरनिको बसपार्कमा प्रहरी र यातायात व्यवसायीबीच तनाव उत्पन्न भएको छ। सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोकथाम तथा यात्रु झार्ने कार्यमा संलग्न व्यवसायीहरूमाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
सार्वजनिक यातायात बचाउ आन्दोलन अन्तर्गत भइरहेको बन्दको क्रममा केही सार्वजनिक बसहरूले यात्रु बोकेर सञ्चालन गरिरहेका थिए। सोही आधारमा बसहरुलाई रोकी यात्रु झार्न बाध्य बनाउँदै आएका व्यवसायीहरूमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले केही व्यवसायीलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ।
व्यवसायीहरूका अनुसार, बन्द सफल बनाउन गरिएको प्रयासमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति सिर्जना भएको हो। घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
संघर्ष समितिका प्रतिनिधिहरूले घटनालाई दमनको रूपमा व्याख्या गर्दै थप आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। यातायात व्यवसायीहरूले संघीय सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
(तस्बिर: नेपाल फोटो लाइब्रेरी)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता