काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका ४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ। उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
२७ चैत २०८०, मङ्गलबार ०७:५२ मा प्रकाशित