एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको भएपनि गतवर्ष निर्माण कम्पनीले पाउँने पैसा भुक्तानी गर्दा करिव ३० लाख मात्र बजेट मौज्याद रहेको ईन्जिनीयर अधिकारीको भनाई छ | |
संघीय निर्वाचन क्षेत्र अन्तर्गत एक निर्वाचन क्षेत्रको एक रणनीतिक महत्वको सडक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले थासाङको ६ गाउँ जोड्ने सडक स्तरोन्नति २०७९÷०८० देखि सुरु गरेको थियो ।तर ,सो सडकका लागि पर्याप्त बजेट नहुँदा सडक स्तरोन्नतिकार्य विगत ८ महिनादेखि रोकिएको हो ।
यो रणनीतिक महत्वको सडकका लागि यसअघि भौतिक योजना तथा यातायात मन्त्रालयले २०७७÷०७८ मा कार्यक्रम स्वीकृत गरेको थियो । थासाङ ३ लेतेको बेनी जोमसोम मुख्य राजमार्ग सडकबाट छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाटी र सौरु जोड्ने १० किमी सडक स्तरोन्नति तथा डिबिएसडी कालोपत्रे गर्न योजनामा परेको थियो । सडक स्तरोन्नतिसँगै थासाङका वडा २, ३, ४ र ५ सडक पहुँचमा जोडिने भएपनि अहिले २० प्रतिशत भौतिक प्रगती हुँदा निर्माणको काम बजेट नहुँदा सडक अलपत्र परेको डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर अमर अधिकारीले जानकारी दिए ।
।थासाङमा सदिंयौदेखि सडक नहुँदा आझेलमा परेको ६ गाउँ जोड्ने सडकका लागि तत्कालीन संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडकका लागि पहल गरेका थिए । सडकको ०७८ मा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिएको थियो । तर, डिपिआर बने पनि ठेक्का सम्झौता ढिलो हुन पुगेको थियो । सो सडकको १२ किमी स्तरोन्नति भनिए पनि लेतदेखि कोखेठाँटीसम्म १० किमीको मात्र ठेक्का सम्झौता भएको हो ।
बजेट अभावले ८ महिनादेखि रोकियो थासाङ रणनीतिक महत्वको सडक
रणनीतिक महत्वको संघीय योजनाका लागि ६० करोड लागत रहे पनि ३८ करोड ८८ लाख ६१ हजारमा सम्झौता भएको हो । महालक्ष्मी हिमाली जेभी काठमाडौं र डिभिजन सडक कार्यालय बागलुङबीच २०७९ पुस ७ गते सडकको ठेक्का सम्झौता भएको थियो ।
२०८२ पुस ६ गते अर्थात् ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा चालु वर्ष पर्याप्त बजेट नआउँदा सडक निर्माणको काम ठप्पै भएको डिभिजन सडक कार्यालय बागलुङका इििन्नयर अमर अधिकारीले जानकारी दिए । थासाङका ६ गाउँ जोड्ने रणनीतिक महत्वको सडक ७ मिटर चौडा, कालोपत्रे, ५० सेमी सोल्जर र १ मिटर ड्रेनसहितको हुनेछ ।
गत पुसदेखि सडक स्तरोन्नति सुरु गरिएको यो सडकको ४ महिनामा २० प्रतिशत भौतिक प्रगति भएकोमा त्यसयताको ८ महिनासम्म बजेटकै कारण सडकको काम रोकिएको डिभिजन सडक कार्यालय बाग्लुङका इन्जिनियर अधिकारी बताउँछन् । उनले सडकमा ७ मिटर चौडा डिबिएसडी कालोपत्र हुने बताए । अहिले थासाङको त्यसक्षेत्रमा कुनै काम भएको छैन ।
थासाङको ओझेलमा परेका गाउँहरु छयो,कुञ्जो,ताक्लुङ,टिटी,धम्पु,कोखेठाँटी जोड्ने रणनीतिक महत्वको सडकका लागि गतवर्ष विनियोजन भएको बजेट बाहेक निर्माण कम्पनीले थप ६० लाख बढीको काम गरेको थियो । चालु वर्ष भौतिक पूर्वाधार मन्त्रालयले १ करोडको हाराहारीमा बजेट विनियोजन गरेको भएपनि गतवर्ष निर्माण कम्पनीले पाउँने पैसा भुक्तनी गर्दा करिव ३० लाख मात्र बजेट मौज्याद रहेको ईन्जिनीयर अधिकारीको भनाई छ ।‘हामीले निर्माण कम्पनीले गरेको कामको बजेट चालु वर्षको बजेटले फच्र्छोट ग¥यौ, अब केही कटिङको कामको पैसा दिनुछ ,ई. अधिकारीले भने, बाँकी रहेको पैसा सडकका लागि पर्याप्त छैन,यसैले थप बजेटको पर्खाइमा छौं ।’
उनले बजेट अभाव भएर काम रोकिएको र थप १० करोड जति बजेट चालु वर्षका लागि चाहियो भनेर भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयमा कार्यालयले कागजात पेश गरिसकेको जानकारी दिए । उनले सडक निर्माण कम्पनी निरन्तर सम्पर्कमा रहिरहेको र बजेट सुनिश्चिता हुन साथ तत्काल काम अघि बढ्ने दावी गरे । उनले सो सडकका लागि हालसम्म ६ करोड भुक्तानी भईसकेको बताए । उनले थोरै बजेट मौज्याद रहेकाले निर्माणको काम बढाउन नसकेको उल्लेख गरे । ईन्जिीनीयर अधिकारीका अनुसार कालोपत्रे सडकका लागि सामान्यतया स्टक्चर निर्माणको काम भईसकेको जनाए ।
थासाङको ६ गाउँ जोड्ने सडकका लागि केही स्थानमा जंगल फडानी गर्नुपर्ने भएकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रक्रियामा रहको ई. अधिकारीको भनाई छ । उनले थासाङको धम्पुक्षेत्रमा करिव सय रुख काटनु पर्ने र त्यो ठाउँ छोडेर सडक स्तरोन्नतिसंगै डिबिएसडी कालोपत्रे गर्ने योजनामा रहेको जानकारी दिए ।
समाचार कपि राईट गर्न सख्त मनाही छ । |