पिता भुयु महर्जनको आँगन एक सुगन्धित फूल बन्न, माता पुनमाया महर्जन ज्युको कोखबाट वि.सं.२०५० साल आश्र्विन शुक्ल तृतिया, सोमबारका दिन थापाथली अस्पतालमा सकुन्तला महर्जनको जन्म भएको थियो । महर्जन परिवारमा सुनौलो किरणझैं उदाएकी थिइन् पूर्वेली बिहानी भइ । सकुन्तला महर्जनको जन्म, एउटा नारी जीवनको आरम्भ मात्रै थिएन्, त्यो एक चेतनशील युगको बीजारोपण थियो जहाँ भाषा, संस्कृति र समाजको उज्यालो भविष्य आँखाभरि सपना बोकी हिँड्न थाल्ने एक आत्माविश्वासको कथा थियो ।
दाजु विनोद महर्जन ज्युको प्यारी बहिनी जन्मिनु सांसारिक सुखभोग गर्नु पाउनु हो । आफ्नो जीवनको प्रतिनिधित्व गर्ने सभ्य संस्कारी छोरी कृष्णांशी धुकूछुलाई सत्बीज मान्दै चन्द्रागिरी नगरपालिका–१४, नैकाप बन्थोकमा बस्दै आउनु भएको छ ।
उहाँले बिध्यालय स्तरको शिक्षा श्री मंगल माध्यमिक विद्यालय, नैकापबाट पूरा गर्नु भएको छ । कक्षा ११ र १२ व्यापार तथा व्यवस्थापन बिषय लिइ सिद्धार्थ एकेडेमी, बाफलबाट गर्नुभयो भने स्नातक तह बाणिज्याशास्त्रमा (BBS) पद्मकन्या बहुमुखी क्याम्पस, बागबजावरबाट सफलता हासिल गर्नुभयो । आफुलाई सशक्त बनाउन, समाजको नेतृत्व पाउन LLB नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गबाट सम्पन्न गरि आफुलाई दिक्षाबाट सजाउनु भएको छ भने कतै आफुमा कुनै कमि त भएन् सोच्दै स्नातकोत्तर नेपालभाषा, केन्द्रीय नेपालभाषा विभाग, त्रिभुवन विश्वविद्यालय, पाटनढोकाबाट शैक्षिक योद्धा स्वरुपमा समाज प्रक्षेपण हुनुभएको छ ।
आफ्नो शिक्षा र दीक्षाको कवजबाट नेपाल टेलिभिजन नेपालभाषा समाचार प्रस्तोता एवं सम्पादक स्वरुप प्रस्तुत हुनुभयो । "हलिमय् थ्वयाच्वंगु सः" टेलिभिजन कार्यक्रमकी निर्माता तथा व्यवस्थापक बनी आफु दक्ष छु भन्ने प्रमाण सार्वजनिक गर्दै आउनु भएको छ । भादगाउँ टेलिभिजन मार्फत भादगाउँ विशेष र "चपा छेँ" कार्यक्रम प्रस्तोताको रुप चिनाउन सफल हुनुभयो । त्यस्तै नेपालमण्डल टेलिभिजनबाट "त्वा: त्वालय् न्ह्यस:लिस" र "त्वा: त्वालय् दुलुभा" कार्यक्रम प्रस्तोता बनी समाजको लागि म भन्ने सन्देश प्रवाह उहाँले गर्नुभएको थियो । ग्रेस एफएम भक्तपुरमा समाचार वाचक एवं कार्यक्रम प्रस्तोता र रेडियो उपत्यका तथा नमोबुद्ध एफएममा रेडियो कार्यक्रम संचालनकर्ता बन्न सफल हुनुभयो। हाल उहाँ नेपाल टेलिभिजन अन्तरगत NTV NEWS च्यानलमा नेपालभाषा समाचार प्रस्तोता एवं सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँले आफुलाई अझ सक्रिय बनाउन एरेस मसरूम फर्ममा र भक्तपुर उद्योग वाणिज्य संघमा लेखापाल रुपमा पनि कार्य गर्नुभएको थियो । ज्ञानोदय मावि, बाफल (काठमाडौँ महानगरपालिका–१३) मा नेपालभाषा प्रशिक्षक सहायकको रुपमा स्थानिय पाठ्यक्रम अध्यापन गराउँदा बालबालिकाहरुलाई नेवाः कला संस्कृति सम्पदा एवं भाषाको ज्ञान प्रवाह गर्न सफल हुनुभयो । नेपालभाषा कवि र रचनाकारको रुपमा चिनाउन शब्दहरूसँग खेल्दै रमाउँदै नियमित रूपमा कविता लेखन तथा वाचन एवम् विभिन्न साहित्यिक कार्यक्रमहरूमा उद्घोषकको रूपमा आफूलाई सक्रिय गर्दै आउनु भएको छ । नेपालभाषा साहित्य त:मुज्या, नेपालभाषामा गहन अध्ययन तथा सिर्जनात्मक योगदान स्वरूप पुरस्कृत पनि हुनुभएको छ ।
सकुन्तला महर्जनको जीवन केवल एक जना पत्रकार वा शिक्षिका मात्रको कथा होईन् । उहाँ एक नेपालभाषा समुदायको संरक्षण र प्रवर्द्धन गर्ने क्रियाशील सांस्कृतिक अभियन्ता पनि हुनुहुन्छ । शिक्षा, सञ्चार, साहित्य र भाषा यी सबै क्षेत्रहरूमा उहाँको कर्म निष्ठा र योगदान अद्वितीय योगदान छ । उहाँको कार्यक्रमहरू मार्फत नेपालको परम्परा, भाषा र संस्कृति प्रसारण हुँदै आएको छ । उहाँको कवितामा जीवनका यथार्थ चित्रहरू, महिला संवेदना, सामाजिक विमर्श र सांस्कृतिक चेतना मुखरित छन् ।
राजनीति देशलाई संचालन गर्ने तथा व्यवस्थित रूपमा अगाडि लैजाने नीति हो जसबाट समाज राज्य र सिंगो देश मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्ध पनि बाँधिएको हुन्छ । राजनिती सेवा हो पेशा वा व्यवसाय होईन् जसलाई सबले बुझ्न जरूरी छ भन्दै आफ्नो सोचलाई बुलन्द बनाउनु भएको छ ।
जीवनमा सफल र असल नागरिक बन्न सकू भन्नु लक्ष्य लिनु भएको छ भने कसैलाई आवश्यक परेको बेला सकेको सहयोग गर्न सकू भन्ने उद्देश्य लिनु भएको छ ।
उहाँ आफ्नो मातृभाषाको एक संवाहकको रूपमा समाजमा स्थापित हुनुहुन्छ । नयाँ पुस्ता तयार गर्ने योजनालाई दायित्व मान्दै यसलाई कार्यान्वयन गर्न निष्ठापुर्वक आफ्नो भुमिका निर्वाह गर्नुलाई कर्तव्य ठान्नुहुन्छ । त्यसको लागि सबैसँग साथ र सहयोगको अपेक्षा गर्दै आज आफु जहाँ गर्व गर्ने ठाउँमा उभिनुको पछाडि परिवार, गुरूवर्ग र समाजको देन मान्दै कृतज्ञता ज्ञापन गर्दै सक्रिय हुनुहुन्छ ।
अन्तमा, सकुन्तला महर्जन जस्तो व्यक्तित्व नेपाली सञ्चार, शिक्षा र साहित्यिक क्षेत्रका लागि प्रेरणा हुन् । नेपालभाषा जोगाउन उहाँले देखाएको समर्पण आजको पुस्ताले अनुकरण गर्नुपर्ने अवस्थाको छ । उहाँले गरेका योगदानहरू दस्तावेजीकरण र अध्ययनको लायक छन् । सकुन्तला महर्जनको जीवनयात्रा एउटा सजीव कविता जस्तै हो, जहाँ शब्दहरूले समाजको मुटु स्पर्श गर्छन् र बिम्बहरूले संस्कृतिको गहिरो आत्मा उजागर गर्छन् । उहाँको जीवनको यात्रालाई भावनात्मक र कलात्मक रूपमा मनन गर्न सकिन्छ । सकुन्तला महर्जन एक साहित्यिक बिम्बको कथा मान्न सकिन्छ । नाममा नै छ—‘सकुन्तला’, जुन शास्त्रीय साहित्यको आदर्श नायिका झैं, उहाँ पनि मौनता भित्रको आन्दोलन र सृजनात्मकताको प्रतीक बन्न पुग्नुभएको छ ।
उहाँको स्वर रेडियोका हावामा गुञ्जिएको मिठास, टेलिभिजनका पर्दामा चम्किएको आँखा खोल्ने उज्यालो अनि कविताका हरफमा पोखिएको मनको मौन गुन्जन हो । नेपालभाषामा समाचार पढ्दा उहाँको जिब्रोमा मातृभाषा फक्रिन्थ्यो, जसरी श्रावणको पानीमा धुलिएको माटोले सुगन्ध फैलाउँछ ।
समाचार मात्र होइन, उहाँको आवाजमा संस्कृति सुनिन्थ्यो
कार्यक्रम मात्र होइन, उहाँको प्रस्तुती पहिचान बनिन्थ्यो।
कविता लेख्नु उहाँका लागि शृंगार गर्नु थिएन्, मनभित्रको ध्वनीलाई शब्दमा बुनिराख्नु थियो । कहिले ती कविताहरू भाषा जोगाउने चिच्याहट बन्थे, कहिले महिलाको मौन आँसुलाई वर्णहरूको आँखीझ्यालबाट झुल्काउँथे ।
कवितामा उहाँको आत्मदर्पण, समाचारमा सत्यको स्वर र नेपालभाषामा उहाँको सास एवम् प्रस्तुतीमा मौनतालाई शब्द दिने कला जस्को संरक्षण राज्यबाट हुनुपर्छ । सकुन्तला महर्जन नेपालभाषा, साहित्य, सञ्चार र शिक्षाको बाटोमा अतुलनीय योगदानका पदचिन्ह हुन् । नेपाली समाजको सांस्कृतिक उत्तराधिकारका अमूल्य रेखाहरू हुन् ।
उहाँको कथा, कविता होईन्, कविता संग्रह हो
उहाँको यात्रा, जीवन होईन्, जीवन्त इतिहास हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर