श्री नन्द कुमार महर्जन : एक परिचय

वि.सं. २०३७ साल साउन शुक्ल पक्ष द्वादशीका दिन सिउचा महर्जन र दिलमाया महर्जनको घरमा जन्मिएका नन्द कुमार महर्जन कीर्तिपुरको एक उद्यमशील, श्रमजीवी र लगनशील व्यक्तित्व हुन् ।  परिवारमा श्रीमती कान्छी महर्जन, दाजु तेज नन्द महर्जन, बहिनी नितिशा महर्जन शाक्य र छोरा निकिन महर्जन साथ र सहयोगले आफुलाई भाग्यमानी ठान्नुहुन्छ । 

वि.सं. २०५७ सालमा औपचारिक शिक्षा सम्पन्न गर्दै नन्द कुमारले जीवनको अनुभव कक्षा कोठाभन्दा बाहिर बढी सिके । यद्यपि शैक्षिक यात्रा “आईए” तहमा सफलतापूर्वक पार गर्न नसकेपनि उनले नेवारी विषयमा विशेष रुचि राखे र समुदायको सांस्कृतिक तथा भाषिक संरक्षणमा चासो देखाएको स्पष्ट देखिन्छ । 

उनको पेशागत यात्रा विविध र चुनौतीपूर्ण छ। कृषि ज्याला मजदुरीदेखि बजार प्रतिनिधि, वैदेशिक रोजगारी, शोरुम सफाई कर्मी, मार्केटिङ मेनेजरसम्मको अनुभवले उनलाई बहुमुखी कार्यशैली र व्यवसायिक सीप प्रदान गर्‍यो।

वैदेशिक रोजगारी : सन् 2005/08/04 देखि 2008/10/21 सम्म विदेशमा श्रम गर्दै जीवनको महत्वपूर्ण समय बिताए।

मार्केटिङ अनुभव : २०७१ असारदेखि २०७६ चैत ३० सम्म पानी घडी, मोबाइल, दालमोठ, कम्प्युटर, ल्यापटप, टायर, ब्याट्री, इनभर्टर लगायतका सामान तथा श्रृंगार सामग्रीको मार्केटिङमा संलग्न रहे।

नन्द कुमारको जीवनको मूल मन्त्र “स्वरोजगार र रोजगारी सृजना” हो। कृषि व्यवसाय र कृषि रेस्टुरेन्ट सञ्चालनमार्फत उनले हाल पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । आफ्नो मेहनत, इमानदारी र उद्यमशील दृष्टिकोणका कारण उनी समाजमा आत्मनिर्भरताको प्रेरणास्रोत बनेका छन् ।

अन्तमा, कृषि, मार्केटिङ र वैदेशिक श्रमको अनुभव सँगालेर नन्द कुमार महर्जनले देखाएको आत्मनिर्भरताको बाटो केवल आफ्नो लागि मात्र होईन्, समुदायका लागि पनि एउटा उज्यालो उदाहरण हो। संघर्षबाट सिक्ने, काममा समर्पण गर्ने र अवसर सृजना गर्ने क्षमता नै उनको वास्तविक पहिचान हो । राज्यले सृजना गर्ने रोजगारी आफैले उत्पादन गरेर आफुसँगै अरुलाई पनि विदेश भासिनबाट जोगाई समाजमा समर्पित एक नन्द कुमार महर्जन पनि हो । समाजले हुर्कने र जीवनमा बढ्ने हौसला दिनुपर्छ । आत्मनिर्भरता र रोजगारी सृजनाको उदाहरण एक नन्द कुमार महर्जन पनि हो । नन्द कुमार महर्जनलाई उमंग, हर्षको प्रतीक आनन्दित प्रसन्न व्यक्तिको रुपमा चिन्न सकिन्छ ।

प्रतिक्रिया