सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २५ देखि आईपीओ निष्काशन

Aama Darshan News | आर्थिक समाचार


सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आगामी मंसिर २५ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। बैंकले कुल जारी पुँजीको ३३ प्रतिशत बराबरको शेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो।


बैंकलाई धितोपत्र बोर्डबाट १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशनको अनुमति प्राप्त भएको छ, जसको कुल मूल्य रु. १७ करोड २३ लाख ८८ हजार बराबर पर्छ। सोमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका श्रमिक नेपालीहरूका लागि छुट्याइएको छ। यी शेयरको अंकित मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ।


आईपीओमा आवेदन मंसिर २९ गतेसम्म दिन सकिनेछ। सो अवधिमा पर्याप्त माग नपरेमा आवेदन अवधि पुस १० गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका आवेदकले न्यूनतम १० कित्ताअधिकतम २५ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।


धितोपत्र रेटिङ्ग गर्ने संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई IRN Single B Issuer Rating प्रदान गरेको छ, जसले संस्थाले वित्तीय दायित्व पूरा गर्नुपर्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्छ।


आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट C-ASBA मार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया