इटहरी उपमहानगरपालिकामा बढ्दो राजनीतिक अराजकता र विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश प्रवक्ता कमलवाबु मेैनालीले गम्भीर आपत्ति जनाएका छन्। उनले इटहरीवासीलाई जागरूक हुँदै समृद्ध पालिका निर्माणका लागि सक्रिय हुन आह्वान गरेका छन्।
उनका अनुसार कांग्रेस, एमालेजस्ता ठूला दलहरूको निजी स्वार्थमा अल्झिएको इटहरी उपमहानगरपालिकाले कहिले मुक्ति पाउने भन्ने प्रश्न अहिले नगरवासीका लागि गम्भीर विषय बनेको छ। "के इटहरीबासी सधैं यिनै दलहरूको अंकगणितको खेलमा राजनीतिक भँवरमा फसिरहनु पर्ने हो?" मेैनालीले प्रश्न उठाए।
पालिका प्रशासनमा कांग्रेस–एमालेका कार्यकर्ताको प्रभाव, बकम्फुसे युनियनको प्रभावकारीता र उपभोक्ता समितिहरूको बक्यौता भुक्तानी रोकिएको विषय उनले प्रमुख रूपमा उठाए। "गत वर्षदेखि रोकिएका उपभोक्ता समितिसम्बन्धी भुक्तानीहरू कहिले र कसरी गर्ने? चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कहिले हुने? नगर र वडाहरूबाट छनोट गरिएका योजनाहरूको सम्झौता किन ढिलाइ भइरहेको छ?" भन्दै उनले पालिका नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए।
नगरसभा बस्ने नबस्ने अनिश्चितता, अरबौँको बेरुजु फर्छ्योटको ढिलाइ र पालिका प्रशासनभित्र बहुमत–अल्पमतको राजनीतिक खेलका कारण विकासका गतिविधिहरू बन्धक बनेको उनको आरोप छ।
"हामी आम नगरवासीले यस्ता गतिविधिहरूलाई टुलुटुलु हेरेर बसिरहनु पर्ने हो?" भन्दै उनले इटहरीबासीलाई सचेत बन्न आग्रह गरे। "अब चुप लागेर बस्ने बेला छैन। समृद्ध इटहरी निर्माणका लागि जागरूक नागरिकको भूमिका आवश्यक छ। अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने?"भन्दै उनले आम नगरवासीलाई आह्वान गरेका छन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता