काठमाडौं । बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीको संयुक्त टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडान सञ्चालनका लागि ध्यानाकर्षण गराएका छन्।
सो टोलीले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा सिधा उडान सञ्चालनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सहज र छिटो यातायात सुविधा दिलाउनुका साथै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको आवागमन सहज हुने उल्लेख गरिएको छ।
जनप्रतिनिधिहरूले नेपालगञ्जलाई मध्यपश्चिम तथा सुदूरपश्चिमको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्न सरकारको सक्रियता अपरिहार्य रहेकोमा जोड दिएका छन्। उनीहरूले अन्तर्राष्ट्रियस्तरको यातायात पूर्वाधार विस्तारमा प्राथमिकता दिन पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले प्रस्तुत प्रस्तावलाई गम्भीरतापूर्वक लिएर आवश्यक अध्ययन तथा प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता