काठमाडौं- देशभर मनसुनको प्रभाव: हल्कादेखि मध्यम वर्षा र चट्याङ्गको सम्भावना

देशभर हाल मनसुनको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ, जहाँ बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसोको मौसममा देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया