नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन, निलम्बन गर्ने अधिकारी आफैं विवादित !

विशेष विश्लेषण: आमा दर्शन संवाददाता

इतिहास भन्छ – सत्ता निष्ठुरी हुन्छ, जब विवेक र मर्यादा गुमाउँछ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे। निलम्बन गर्ने व्यक्तित्व– सरोज गुरागाईं, महानगरका प्रमुख प्रशासकीय अधिकृत। प्रक्रिया कानुनी हो, तर प्रसंगले भने न्याय र नैतिकताको गहिरो घाउ देखाउँछ।

किनभने यही गुरागाईं, जसको हस्ताक्षरले पाण्डे निलम्बित भए, मानव अधिकार आयोगको कालोसूचीमा छन्। जब उनी सिरहामा सीडीओ थिए, तब एक निर्दोष नागरिकलाई स्वेच्छाचारी र गैरकानुनी रूपमा थुनामा राखेको आरोप लागेको थियो। त्यसकै आधारमा उनी अधिकार उल्लंघनकर्ता घोषित भएका हुन्।

आज तिनै पात्र ‘अधिकारको संरक्षण’को नाममा अरूलाई सजाय सुनाइरहेका छन्।
यो इतिहासको विडम्बना हो –
जो आफैं अधिकार च्यातेर बसेका थिए, उनीहरू आज अधिकारको पहरेदार बनेका छन्।
जो कालोसूचीमा थिए, उनीहरू शुद्धीकरणको आदेश बाँडिरहेका छन्।

चोरलाई चौतारो, साधुलाई सुली?

नेपाली समाजमा सधैंसँधै न्याय र अन्यायको लडाइँ शासक र प्रणालीबीच लुकाएर राखिन्छ। आज काठमाडौंमा फेरि एक पटक सुशासनको नाममा असुशासनको मुहार देखिएको छ।

प्रमुख पाण्डे निलम्बित भएका दिन, धेरैले भनिरहेका छन् –
👉 यो न कुनै अपराधको अन्तिम निर्णय हो, न नै न्यायको विजय। यो त एउटा संकेत हो – कि सत्तामा बसेकाहरूले चाहे जस्तो न्याय लेख्न सक्छन्।

ओली सरकारको चस्माबाट हेर्ने हो भने...

गुरागाईंलाई ओली नेतृत्वको सरकारले काठमाडौं महानगरमा पठाएको थियो – “व्यवस्थापन र सुशासन कायम गर्न।” तर विडम्बना, सुरु नै नैतिक प्रश्नविवादित अतीत भएका व्यक्तिबाट भयो।

इतिहास साक्षी छ – अधिकार हनन गर्नेले न्याय बाँड्न थाले भने, त्यो समाजको न्यायप्रणाली गम्भीर संकटमा छ। आजको यो निर्णय कानुनी लाग्न सक्छ, तर इतिहासले यसलाई नैतिक रूपले कहिल्यै स्वीकार्ने छैन।

✍️ आमा दर्शन न्यूज

प्रतिक्रिया