कीर्तिपुरको माटोमा जन्मिएर यही सहरको सेवा र विकासमा जीवन अर्पण गर्ने नाम हो—सरब कुमार महर्जन। वि.सं. २०२९ साल असोज २९ गते, कीर्तिपुर–८, पांगा भुजिन्द टोलमा पिता धनकृष्ण महर्जन र आमा गंगामाया महर्जनको कोखबाट जन्मिएका उहाँ बाल्यकालदेखि नै समाजका पीडा र सम्भावनामा संवेदनशील रहँदै आएका छन्।
मानविकी संकायमा स्नातक (अंग्रेजी र पत्रकारिता) गरेका महर्जन हाल अंग्रेजीमा स्नातकोत्तर अध्ययनरत छन्। पत्रकारितामा सक्रिय रहँदै कीर्तिपुर दर्पण साप्ताहिकमार्फत समाजका मुद्दा उजागर गर्ने कार्यमा संलग्न रहनुभएको छ।
राजनीतिक यात्रा विद्यार्थी जीवनमै, वि.सं. २०४० सालमा अखिल पाँचौँ संगठनमार्फत सुरु भएको हो। वि.सं. २०४६ को जनआन्दोलनमा सक्रिय सहभागीका रूपमा फागुन ७ गते पक्राउ परी १५ दिन हिरासतमा बस्नुपरेको अनुभव उहाँसँग छ। पछि, स्थानीय विकास राज्यमन्त्रीको स्वकीय सहायक सचिवको रूपमा समेत सेवा गर्ने अवसर प्राप्त गर्नुभयो।
२०८१ सालको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर निर्वाचन परिचालन समितिको संयोजकको रूपमा भूमिका निर्वाह गरेका महर्जन कीर्तिपुर–१० का निर्वाचित वडा अध्यक्ष समेत रहिसक्नु भएको छ। हाल उहाँ नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा कीर्तिपुर नगर कमिटी इञ्चार्जका रूपमा कार्यरत छन्।
सामाजिक भूमिकाहरू
• कार्यकारी निर्देशक, कीर्तिपुर फोहर व्यवस्थापन सेवा प्रा. लि.
• अध्यक्ष, सेतो गुराँस बाल विकास केन्द्र
• उपाध्यक्ष, महबुं शीतल पाखा टोल विकास संस्था
• संस्थापक सचिव तथा हाल उपाध्यक्ष, पांगा बहुउद्देश्यीय सहकारी संस्था लि.
• सदस्य, शहीद स्मारक कलेज
महर्जनको जीवन केवल पद र परिचयको सूची मात्र होइन—यो कीर्तिपुरको स्वच्छ, सभ्य र सम्पन्न भविष्य निर्माण गर्ने अविराम यात्राको कथा हो। सेवा, समर्पण र समाजप्रतिको अटुट प्रेमले उहाँलाई कीर्तिपुरको एक अद्वितीय व्यक्तित्व बनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता