काठमाडौं आइतबार विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ। विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।
उक्त संस्थाका अनुसार आइतबार साँझ काठमाडांैको वायु गुणस्तर सूचकांक (एक्युआई) २०० अंक पुगेको छ। यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो। काठमाडौंपछि १६७ अंकसहित बंगलादेशको ढाका विश्वकै दोस्रो र त्यति नै अंकसहित थाइल्यान्डको चेङमाई तेस्रो प्रदूषित सहरको सूचीमा परेका छन्।
वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अंक विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न सुझाइन्छ।

२६ चैत २०८०, सोमबार ०८:३६ मा प्रकाशित