बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद एकनाथ ढकालले देशमा चौतर्फी फैलिरहेको अस्तब्यस्ताका बीच संसद्को तेश्रो अधिबेशनमा हामि सहभागी हुदै छौँ भन्दै सरकारकै आडमा बिमानस्थलमा कर्मचारी समेतको मिलोमतोमा निर्बाध सुन तस्करीको घटना सेलाउन नपाउदै घुस लिएर भिजिट भिसामा मानब तस्करी गरेको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका र विमानस्थलमै प्रमुख अध्यागमन अधिकृत नै प्रहरीद्वारा कुटिएको बारे संसदमा आबाज उठाएका छन्।
पूर्व मन्त्रि
समेत रहेका एकनाथ ढकालले बिमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरी बिचको द्वन्दको
उजागर गरे।
मोटो रकम असुल गरि अध्यागमन कर्मचारीले अबैध तरिकाले भिजिट भिसामा युबाहरु विदेश पठाउने गरेको प्रहरीको आरोप र प्रहरी आफै गेटमा बसेर बार्गेनिङ्ग गरेर रकम पाए पठाउछन् र नपाए रोक्छन भनि अध्यागमन कर्मचारीले प्रहरीलाई आरोप लगाएको पनि उनले बताए ।
सांसद ढकालले अन्तराष्ट्रिय विमानस्थल देशको प्रतिष्ठासंग जोडिएको एक अति संबेदनशील स्थान
र देशको प्रमुख नाका वा सिमाना जस्तो भएकोले सम्पूर्ण काम कारबाही पारदर्शी, विश्वासयोग्य, सुरक्षित र अन्तराष्ट्रिय मापदण्ड बमोजिम हुनु पर्छ भनि
सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन्