तिमीलाई, तिमीले आर्जेको शत्रुता ! मुबारक
जीवनमा घुम्ने रमणीय ठाउँको कमि छैन्
तिमीलाई मन पर्ने कुरा, ममा हुनुपर्छ भन्ने छैन् ।
हैसियत हुनुपर्छ, रंग रुप मिल्नुपर्छ
भिन्न भिन्न पहिचानको शत्रुता हुनुपर्छ भन्ने छैन् ।
तिमी होचो, म अग्लो कुरा त्यसै फरक छ
फरक फरकताको शत्रुता हुनुपर्छ भन्ने छैन् ।
यहाँ रातले दिन खोज्छ, दिन पुन: रात हुन्छ
उभिरहने धरातलमा शत्रुता खोज्नैपर्छ भन्ने छैन् ।
२९ फाल्गुण २०८०, मङ्गलबार ०२:५४ मा प्रकाशित