धुर्मुस–सुन्तली फाउन्डेशनलाई भुक्तानीका लागि कानुनी समाधान खोज्दै मेयर रेनु दाहालले मन्त्री गुप्तासँग भेट

काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेशनलाई भुक्तानी सम्बन्धी प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित मेयर रेनु दाहाल नेतृत्वको टोलीले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग भेट गरेका छन्।

फाउन्डेशनले निर्माण गरेका संरचनाको भुक्तानी तथा कानुनी सहजीकरण सम्बन्धी मार्ग खोज्न स्थनिक सरकारका प्रतिनिधि तथा सरोकारवाला सहभागी रहेको टोलीले मंगलबार मन्त्री गुप्तासँग छलफल गरेको हो।

भेटमा दाहालले फाउन्डेशनले सम्पन्न गरेका विकास निर्माणका कामको मूल्यांकन र भुक्तानी प्रक्रियालाई सहज बनाउनेतर्फ सरकार अघि सर्नुपर्ने आवश्यकता औँल्याइन्। मन्त्री गुप्ताले मन्त्रालय आवश्यक कानुनी प्रक्रिया, नीति तथा सहजीकरणमा सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको बताइएको छ।

फाउन्डेशनले स्थानीय तहमा विभिन्न अवसंरचना निर्माण गर्दै आएको छ भने केही परियोजनाका भुक्तानी प्रक्रियामा कानुनी जटिलता देखिँदै आएको छ।

प्रतिक्रिया