अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। “प्यासिफिक फायर” नाम दिइएको यो डढेलो चार दिनदेखि नियन्त्रण बाहिर छ, जसले अहिलेसम्म १०,००० भन्दा बढी संरचना ध्वस्त पारेको छ र ३५,००० एकड क्षेत्रफल जलाइसकेको छ।
राज्य आपतकाल घोषणा, पानीको अभावले दमकल टोलीलाई चुनौती
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राज्य आपतकाल घोषणा गर्दै आगो निभाउन आवश्यक सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। तर, दमकल विभागले पानीको चाप कम भएकाले आगो नियन्त्रण गर्न कठिन भइरहेको जनाएको छ। सान्ता यनेज जलाशय प्रदूषित भएपछि पानी आपूर्ति अवरुद्ध भएको छ, जसले आगो निभाउने काममा थप चुनौती खडा गरेको छ।
राष्ट्रपति बाइडेनको विशेष ध्यान, उपराष्ट्रपति हैरिसको विदेश भ्रमण रद्द
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी इटाली भ्रमण स्थगित गर्दै आगलागी नियन्त्रणमा संघीय सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका छन्। उपराष्ट्रपति कमला हैरिसले पनि स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न नागरिकहरूलाई आग्रह गर्दै आफ्नो सिंगापुर, बहराइन र जर्मनी भ्रमण रद्द गरेकी छिन्।
आर्थिक क्षति २० अर्ब डलर पार गर्ने अनुमान
विशेषज्ञहरूका अनुसार आगलागीका कारण क्यालिफोर्नियाको बीमा उद्योगमा ठूलो असर पर्ने देखिएको छ। बीमित क्षतिको प्रारम्भिक अनुमान २० अर्ब डलरभन्दा बढी रहेको छ, जसले पहिल्यै बीमा संकटको सामना गरिरहेको क्यालिफोर्नियाका घरधनीहरूलाई थप प्रभावित पार्नेछ।
यस विपत्तिबाट प्रभावित समुदायहरूलाई सहयोग गर्नका लागि अस्ट्रेलियन मोडेल तथा पोडकास्ट होस्ट
क्लोई फिशरले चन्दा संकलन अभियान सुरु गरेकी छिन्, जसमा हालसम्म १४,००० डलर भन्दा बढी संकलन भइसकेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय