हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाख २५ हजार आवेदकले पाए १० कित्ताका दरले शेयर

काठमाडौं, साउन १३ —हिमालयन बैंक लिमिटेडको एफपीओ (फलो-ऑन पब्लिक अफर) शेयरको बाँडफाँड आज बिहान ९ बजे बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।

बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा रू. ५७ प्रिमियम थप गरी कुल रू. १५७ मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्काशन गरेको थियो।

उक्त एफपीओमा कुल १७ लाख ४ हजार २७३ जना योग्य आवेदकले ३ करोड ३२ लाख ११ हजार ८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँड गोलाप्रथाबाट गरिएको हो।

गोलाप्रथामा ९ लाख २५ हजार ४६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यसमध्ये २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिएका ९ जना भाग्यमानीले थप १–१ कित्ता शेयर प्राप्त गरेका छन्।

एफपीओको नतिजा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, हिमालयन बैंक तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) को IPO Result वेभसाइटमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया