मुस्ताङमा हाईअल्टिच्युका कारण तीन विदेशी पर्यटकको मृत्यु

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हाईअल्टिच्युडका कारण दुई विदेशको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युक्रेनी नागरिक र अर्को एक भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पोखराबाट १० जनाको समुहसहित असोज १९ गते मुस्ताङ भ्रमणका लागि आएकी युक्रेनी महिला पर्यटक वर्ष ३५ की अन्ना पानिनाको हाईअल्टिच्युडका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । कागबेनी बाँस बसेर असोज १९ गते पैदल हिडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बिच बाटोमै उनलाई हाईअल्टिच्युडको समस्या देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक गोतमले उल्लेख गरे ।

 युक्रेन नागरिक पानितालाई श्वासप्रश्वास र टाँउको दुख्ने समस्या देखिएको थियो । अल्टच्युडले एकाएक बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए ।

हाईअल्टिच्युडले मृत्यु भएकी महिलाको शव हेली मार्फत काठमान्डौं उद्दार गरिएको प्रहरीले बताएको छ ।

यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आउँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ की रेवती (महिला)को हाईअल्टिच्युडका कारण उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । भारतदेखि १०३ जना भारतीय दर्शनार्थी टोली  पोखराबाट सडकमार्गबाट बेनी—जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आईपुगेका थिए । मुक्तिनाथ दर्शन गर्न उद्देश्यले मुस्ताङ आएकी उनलाई लेते आउँदा अल्टिच्युडको समस्या देखिएको थियो । थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजादै भारतीय महिला पर्यटकको मृत्यु भएको हो । उनलाई यसअघि पनि विभिन्न रोगबाट ग्रष्त थिईन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्स मार्फत पोखरा उद्दार गरिएको छ ।


यसैगरी अर्को एकजना भारतीय पर्यटकको पोखरा उद्दार गरिएकोमा अस्पतालमा मृत्यु भएको बताईएको छ ।

 होचो स्थानबाट एक्कासी स्वास्थ्य परीक्षण नगरी मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा बिश्राम नगरी एक्कासी अग्लो स्थानमा आईपुग्दा हाईअल्टिच्युडको समस्या हुने गरेको प्रहरी निरीक्षक गौतमले बताए । मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ । गत वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटक हाईअल्टिच्युका कारण मृत्यु भएको थियो ।


प्रतिक्रिया