सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा विगत ५ बर्ष अगाडि देखि पानीको समस्या भइरहेको छ। पानीको समस्या गाउँपालीकाको वडा नम्बर १ खलंगा ज्यामिरे मादले मा भएको हो।
उक्त गाउँमा अहिले बिगत केहि दिन देखि खलंगा ,ज्यामिरे, मादले, लगाएतका गरिब ५५/५० घरधुरीले सफा खानेपानी पिउन पाएका छैनन् । अहिले स्थानीयबासी पानीलिन करिव २ घन्टाको बाटो हिड्नु पर्ने स्थानीय मनिषा फुयालले बताउनु भयो।पानिमा समस्या आउदा त्याहाका स्थानीयलाई मात्रै नभएर पशु चैपाएलाई पनि असहर्ज भएको छ ।अहिले त्याहा का स्थानीय बासिन्दा कुवा बाट पानी खान बाध्य भएका छन कुवा बाट पानी लगेर पिउदा आफ्ना बालबालिकाको स्वास्थम असर पर्न सक्ने सोही गाउँका अर्का स्थानीय दिपा सिजाली मगरले बाताउनु भयो ।
उक्त गाउँमा बसोबास गर्ने स्थानीयका अनुसार गाउँमा पानीको समस्याले गर्दा आफ्नो र आफ्ना बालबालिका को स्वास्थमा असर पर्ने स्थानीय बासिन्दा मन्दिरा फुयाले बताउनु भयो।
तैसै गरि सोही गाउँका अर्का व्यक्ति भनु हुन्छ पानी आउन त आउँछ तर बर्खाको समयमा पानिको पाएप खोलाले बगाउदा झनै अहिलेको भन्दा पनि धेरै समस्य हुने होम बाहादुर पुलामी मगरले बताउनु भयो।
तेसै गरि अर्का एक युवा भनु हुन्छ हाम्रो गाउँमा जनप्रतिनिधिले जे काम गरेपनि यहाँका जनताले खुसी नै लागेको जनप्रतिनिधिलाई बाताएर पनि हो कि अब चाहिँ हामी जुट्नु पर्छ अनिल तामाङ भनुहुन्छ।
मरिण गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा गुर्मछान भनुहुन्छ अब कोखाजोर खोलामा इनार खने र इनारको पानी लिफ्टिङ गरेर पानी ल्याउने बाताउनु भयो।लिफ्टिङ गरेर पानी खलंगा सम्म आउन बजेट झन्डै १० करोड सर्सठी लाख लाग्ने र एसपाली सुरुवाती चरण मा प्रदेश सरकारले १० लाखा दिएको र आगामीदिनमा अलि धेरै प्राथमिकता दिने छ भने आश गरेको अध्यक्ष गुर्मछानले बाताउनु भयो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार