झापाको प्लाइउड उद्योगमा भएको आगलागी ६ घन्टा हुन लाग्दा सम्म नियन्त्रणमा आएन।

झापा:- मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी ६ घन्टा हुन लाग्दा सम्म नियन्त्रणमा आएको छैन।

झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाका अनुसार उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ। जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणा लिन गाह्रो भएको उनले बताए।

आगलागी नियन्त्रणका लागि बिहानैदेखि १० वटा दमकल प्रयोग गरिएको थियो। त्यसबाट नियन्त्रणमा नआएपछि मोरङबाट थप दमकल मगाइएको प्रजिअ बास्तोलाले जानकारी दिए। ४ देखि ५ बिघामा फैलिएको उद्योग झापाकै ठूलो उद्योगमध्येको एक हो। यहाँ १ हजार ४ सय मजदुर काम गर्छन्।


आगलागीका कारण मानवीय क्षति नभएको। हाम्रो आमा दर्शन सम्बादाता लाई जानकरी दिनु भयो र भौतिक क्षति आगो नियन्त्रणमा आएपछि संकलन गरिने प्रजिअ बास्तोलालेआमा दर्शन लाई जानकारी दिए।

प्रतिक्रिया