काठमाडौं । कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका संस्थापक सदस्य महेश श्रेष्ठसहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क तथा आर्थिक कारोबारसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टमाथि अदालतले थप सात दिन हिरासतमा राख्ने म्याद थप गरेको हो।
पक्राउ परेका महेश श्रेष्ठ नेपाली कांग्रेसका नेता तथा उमेश श्रेष्ठका भाइ हुन्। उनी कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका संस्थापक सदस्यसमेत हुन्। त्यस्तै, सुशील भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
प्रहरीले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। सापकोटा गत असोज १४ गते पक्राउ परेका थिए। सापकोटासँगको सम्पर्क तथा सम्बन्धको अनुसन्धानका क्रममा श्रेष्ठ र भट्ट पनि पक्राउ परेको बताइएको छ।
अदालतबाट थपिएको सात दिनको अवधिमा प्रहरीले उनीहरूसँग सम्बन्धित आर्थिक कारोबार, सम्पर्क र अन्य प्रमाणमाथि थप अनुसन्धान गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता