काठमाडौं। चीन र जापानबीचको कूटनीतिक तनाव तीव्र बन्दै गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पछिल्ला घटनाक्रमले दुवै देशबीच कुनै पनि बेला सामरिक भिडन्त हुनसक्ने जोखिम बढेको छ।
जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले संसदमा सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा “चीनले ताइवानमा हस्तक्षेप गरे जापानको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा पर्छ” भन्ने टिप्पणी गरेकी थिइन्। उनकाे उक्त अभिव्यक्तिपछि चीन कडा रूपमा आक्रोसित भएको छ।
चीनले ताकाइचीको भनाइलाई “राष्ट्रको अस्मितामाथिको आक्रमण” भन्दै तिनलाई तुरुन्त माफी माग्न चेतावनी दिएको छ। चीन ताइवानलाई आफ्नो अभिन्न भू–भाग मानेर अन्य कुनै देशको भूमिका अस्वीकार्य हुने बताउँदै आएको छ।
यसैबीच, चीनको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरेपछि चिनियाँ नागरिकले ठूलो संख्यामा जापान भ्रमणका उडान टिकट रद्द गर्न थालेका छन्।
नोभेम्बर १५ देखि बिहीबार साँझसम्म मात्रै पाँच लाख ४० हजारभन्दा बढी टिकट रद्द भएको सिसिटिभी प्लसले जनाएको छ।
यस्तै, जापानमा रहेका चिनियाँ नागरिकलाई तात्काल जापान छोड्न आग्रह गरिएको छ। उनीहरूलाई घर फर्काउन चीन सरकारले निःशुल्क उद्धार उडान समेत सञ्चालन गरिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय डेटाका अनुसार जापानमा १० लाखभन्दा बढी चिनियाँ नागरिक रहेको अनुमान छ।
तनाव बढ्दै जाँदा चीनले आफ्ना युद्धपोत र सैन्य संरचना तयारी अवस्थामा राखेको बताइएको छ। चीनले ताइवानमा कारबाही थालेमा जापानले प्रतिकार गरे जापानी भू–भाग पनि आक्रमणको लक्ष्य बन्नसक्ने मूल्यांकन गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता