भित्ता टाँगिएको बन्द घडीले दुई पटक सहि समय बताउँछ ।
अहिलेको परिप्रेक्ष्यमा रबि लामाछिने यो देशको गृहमन्त्री हो । नेपाली जनताको गृहमन्त्री हो । ऊ खराब भएपनि दोहोरो तेहोरो नागरिकता बोक्नेमाथी कार्वाही थालिएको हो । यो आम नेपालीले स्विकार्नुपर्छ । र मिडियाले पनि आफ्नो मर्यादा बुझ्नुपर्छ । कसैले गरेको खराबमाथी पर्दा राख्न अर्को खराब उदाहरण उचित हुन्न । कैलाश सिरोहिया अंगीकृत नागरिक हो । वंशज बन्ने कुनै प्रावधान नेपालको संविधान छैन् । अझ बजारको हल्ला र देश संविधान संगत कुरा गर्ने हो भने कैलाशको बुबाले २०१० मा अंगीकृत नागरिकता लिएको रहेछ जबकी २००९ साल देखि उता कसैलाई अंगीकृत नागरिकता दिने विधि पनि नेपालमा छैन् । नेपालको विशेषगरी राणासँग लडे भन्ने काँग्रेस, पञ्चायतसँग लडे भन्ने काँग्रेस अनि राजासँग लडे भन्ने काँग्रेसहरु नेपालको संविधान संगत कुरा किन गर्न सकि रहेको छैनन् ? कैलाश सिरोहियालाई कार्वाही गर भन्न छोडी सहकारी पिडितलाई न्याय दे भनी सडक र सदन तताउन तम्सेका छन् । आखिर किन ? किन आम नेपालीलाई सहज हुने कुरा नेपाली काँग्रेस गर्न चाहन्न ? किन कैलाश सिरोहियालाई वंशज नागरिक बनाए ? के सोध्ने नेपाली काँग्रेस नभएकै हो त ? यस्तो अवस्था र परिस्थिति देख्दा राणासँग लडे, पञ्चायत एवम् राजा लडे भन्ने मिथ्या नछरेकै राम्रो हुनेथियो । अहिले मुख्य विषय वस्तु भने नागरिकता किर्ते हो । यो सबै सिद्धान्तले स्विकार्न सक्नुपर्छ । यदि नेपाली हो भने कार्वाही माग राख्नुपर्छ । अर्को गृहमन्त्रीको दोष सम्बन्धमा कुरा गर्ने हो भने आज कैलाशलाई कार्वाही भयो भने मात्र त्यो गल्ती सजाय तोक्न ढोका खुल्ने हो । यति हामीले बुझ्नुपर्छ । आज कैलाशलाई कार्वाही गर्ला भनेर अर्को मुद्दा जिउँदो बनाउने मात्रै खेल सदनले खेल्ने हो भने नेपाल कहिल्यै नेपाल हुनेछैन् । जस्तोसुकै विधि शासन ल्याएपनी कार्वाही हुने वातावरण कहिल्यै बन्ने छैन् । कहिले बाख्रा कहिले सहकारी त कहिले गिरिबन्धु त कहिले भुटानी शरणार्थी लगायत लाउडा वाइडबडी अनेक अनेक मुद्दासँगै नेपाल अस्तित्व जिर्ण हुनेछ । अत: सर्वप्रथम गाउँ समाजमा चलेको उखानलाई चरितार्थ गरौं : फलामलाई फलामले काट्छ । यसमा हामी आम नेपालीले फलामलाई महत्व दिउँ त्यो पनि काट्ने फलामलाई जस्मा खिया लाग्छ यथार्थता त्यो बाँकी नै छ । खिया लागेको, लाग्न सक्ने फलामको उपाय आम नेपालीसँग बाँकी छ । यसो भन्दै गर्दा सत्ता र शक्ति फलाम असल हुन्छ वा भई रहन्छ भन्ने आशय सत्य होईन् । कैलाश सिरोहियालाई कार्वाही गरेपछि मात्र सहकारी ठगलाई कार्वाही गर्ने सक्ने यथार्थता हामीले बुझ्नुपर्छ भने काँग्रेस एमाले लगायत अन्य सबै सिद्धान्त जनता हुन् यो हामीले कहिल्यै बिर्सिनुहुन्न । काँग्रेसले प्रतिकार होईन् कार्वाही गराउन सहयोग गर्नुपर्छ । होईन् भने कैलाश सिरोहिया नेपाल वंशज नागरिक नै हुन् भनी पुष्टि गर्नतिर लाग्नुपर्छ । साथै मिडियामाथी आक्रमण भयो भन्दै एउटा व्यापारीलाई श्रमजीवी पत्रकार भन्दै उफ्रिनु गलत भए सँगै सहकारी ठग राजिनामा दे भन्नु अझ अपराध ठहर हुनेछ । अहिले अवस्था रबि लामिछाने नेपालको गृहमन्त्री हो । नेपालको न्यायव्यवस्थाको संरक्षक हो भने भित्तामा टाँगिएको घडिले पनि दुईपटक सहि समय बताउँछ्न् त्यसलाई गलत भन्नु समयलाई गलत साबित गर्नु हो । यहाँ मैले गृहमन्त्री सहि वा गलत भन्ने बहस गरेको होईन् । जिम्मा पाएको अधिकार गलतलाई सहि सत्य प्रमाणित गर्न खोजिएको छ त्यसमा आम नेपाली साथ दिनुपर्छ । अझ नेपाली काँग्रेस त्यसमा गम्भीरतापर्ूवक साथ र सहयो गर्नुपर्छ किनभने राणा सहि छ र आफुहरु गलत भन्न लडेको पक्कै होईन् होला । या पञ्चायती व्यवस्था सहि थियो त्यसकारण हामी लडेका थियौ आज भन्ने वाला छैन् । र सत्ता हुँदा सिन्को भाँच्न नसक्नुको दोष रबि लामिछानेलाई दिनुहुन्न । रबि लामिछाने सबै सिद्धान्तका गृहमन्त्री हुन् । यो देश नेपालको गृहमन्त्री हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर