जोमसोम—मुस्ताङका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं तिहार तथा छठ पर्व पर्वलाई लक्षित गर्दै मुस्ताङ भित्रिएका पर्यटकका लागि जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले थासाङ गाउँपालिका—४ घाँसा,घरपझोङ—३ पुथाङ एअरपोर्ट र वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
मुस्ताङ प्रहरीले चाडपर्वको समयमा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको र उनीहरुको सेवाका लागि पर्यटक यात्रु सहायता कक्ष स्थापना गरेको हो । योसेवा चाडपर्व रहुन्जेलसम्म निरन्तर सेवा संञ्चालनमा रहने जिल्ला ट्राफिक ईञ्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण पोखरेलले जानकारी दिए । मुस्ताङ भ्रमणमा रहेका सबै खाले पर्यटकहरुलाई आईपर्ने समस्या यात्रु सहायता कक्षबाट सहजीकरण गरिने उनको भनाई छ । यसका लागि जिल्ला प्रहरी कार्यालयको हटलाईन नम्बर सय र ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोर्न गरी सहयोग लिने सक्ने ट्राफिक ईञ्चार्ज पोखरेलले बताए ।
मुस्ताङमा पहिलो पटक पर्यटकलाई लक्षित गरी यात्रु सहायता कक्षा स्थापना गरिएको हो । कक्ष स्थापना भएसंगै यात्राका क्रममा समस्यामा परेका एक दर्जन यात्रुले सहयोग प्राप्त गरेको ट्राफिक प्रहरीको भनाई छ ।
यात्रु सहायता कक्षले सवारी साधनको भाडादर अनुगमन तथा नियमन गर्ने, कुनै दुर्घटना वा अन्य विपद्मा परेका पर्यटक यात्रुको उद्दारका लागि आवश्यक सहजीकरण गर्ने, होटल तथा अन्य स्थानमा मालसामान छुटेको वा हराएको भएमा खोजी गर्न सहयोग गर्ने, मुस्ताङ भ्रमणमा रहेका पर्यटकले कुनै सूचना लिन चाहेमा सूचना उपलब्ध गराउने कार्य गर्नेछ ।
मुस्ताङमा दशै तिहार तथा छठ पर्व सुरु भएसंगै पर्यटकको संख्या बढ्दै गईरहेको छ । विशेष चाडपर्व बिदाको अवसर पारेर युवायुवतीहरु मुस्ताङ आउन थालेका हुन् । दशै÷तिहार लामो बिदामा सरकारी कर्मचारी,स्कुल,कलेज,बैंक तथा वित्तिय संस्थाक साथै दशै मनाउन घर र्फिर्कएकाहरु अहिले मुस्ताङ आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बताएको छ ।