शत्रु हुन योग्यता चाहिन्छ


न उचाई मिल्छ न मोटाई

न आँखा मिल्छ न गोलाई ।


न कान मिल्छ न नाक

सुन्ने र सुघ्ने पनि फरक छ

हातखुट्टा पनि फरक छ

गन्तव्य र यात्रा पनि फरक छ  ।


सेतो सेतो डल्लामा

बग्ने रगतको पनि अनेकता छ ।


हड्डिहरु :

मोटो र छोटो छ ।


मासुको तौल पनि घटबढ छ ।


जात एउटै

धर्म एउटै भएपनि ....

खर्चिने सोच फरक छ ।


जलिने शरीर भएपनि 

काठ, थोरै बहुत फरक लाग्छ 

घाट फरक कुरा छ ।


संस्कार, सम्पदा र पहिचान कहिं मिलेपनि 

सम्पत्तिले फरक छु...कुरा गरेको छ 

इतिहास बालेपछी न्यानो मिल्छ सोचेको छ 

तिमी !

मेरो शत्रु होईन् 

शत्रु हुन लायक छैन् 

ऐनाले यस्तै कुरा गरेको छ

जन्मले मृत्यु पाउने कुरा बिर्सेको छ

कहिं ईर्ष्या कहिं स्वार्थले फुलेर उड्न सक्छु बुनेको छ ।

प्रतिक्रिया