काठमाडौं । रिभर फल्स पावर लिमिटेड (RFPL) ले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीले भदौ २३ गतेदेखि बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने भएको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरिरहेको छ।
यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन पाउने छन्।
हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट समेत आवेदन दिन सक्नेछन्। त्यस्तै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रदबाट संकलित रकम डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायत काबु बाहिरका कारण आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण कम गर्न प्रयोग गर्ने जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़