गजल —
जीवनको रङ कहिले उज्यालो हुन्छ,
कहिले अँध्यारोले गहिरो हुन्छ।
प्रेमको ज्योति कहिले बल्छ मनमा,
कहिले दूरीले दर्दिलो हुन्छ।
सपना भत्किएर बग्छ आँसु झरी,
तर विश्वासले फेरि मिठो हुन्छ।
भेट नहुँदा पनि यादहरू साथमा,
हर एक पल तिमीमा डुबेको हुन्छ।
कृति : अप्सरा