कीर्तिपुर, चैत्र २ — १६ वर्षीया इनिशा वि.क.माथि भएको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गर्दै कीर्तिपुरस्थित शहीद स्मारक कलेजका विद्यार्थीहरूले शान्तिपूर्ण र्याली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्।
आज २०८२ साल चैत्र २ गते आयोजित उक्त कार्यक्रम कलेज परिसरबाट सुरु भई नयाँबजार–पाँगा दोबाटो हुँदै नगाउ दोबाटोसम्म पुगेको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले ‘Justice for Inisha B.K.’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका थिए।
विद्यार्थीहरूले यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले प्रभावकारी सुरक्षा व्यवस्था र कडा कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। र्यालीपछि सहभागीहरूले पीडितको सम्झनामा दीप प्रज्वलन कार्यक्रम समेत गरेका थिए।
आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो र विद्यार्थीहरूले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायलाई तत्काल कारबाही गर्न आग्रह गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता