आमा दर्शन न्युज – काठमाडौं।
चीनको टियानजिनमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलन विश्वभरको चासो बनेको छ।
सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी छन्। सामूहिक फोटो खिच्न मञ्चतर्फ जाँदा तीन नेताबीच अनौपचारिक भेटवार्ता भएको तस्बिर प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेका छन्।
आइतबार भएको द्विपक्षीय भेटमा राष्ट्रपति सीले भारतलाई “प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने” धारणा राखे। उनले हात्ती र ड्रागन सँगै अघि बढ्दा सम्बन्ध दीर्घकालीन हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री मोदीले पनि आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध सुधार्ने प्रतिबद्धता जनाउँदै चीनसँगको प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन गर्ने घोषणा गरे।
हालै चीनले भारतमा युरिया मल निर्यात खुला गर्ने, दुर्लभ खनिज पदार्थ निर्यातमा लगाएको प्रतिबन्ध हटाउने र सीमामा तनाव कम गर्ने सहमति जनाएको छ। यससँगै दुई मुलुकबीच सम्बन्ध सुधारतर्फ सकारात्मक संकेत देखिएको छ।
भारत–रुस सम्बन्ध भने परम्परागत रूपमा घनिष्ठ नै रहँदै आएको छ। भारतले रुसबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ, जसलाई लिएर अमेरिकाले ५० प्रतिशत भन्सार बढाइसकेको छ।
युक्रेन युद्धपछि रुस–चीन सम्बन्ध अझ गहिरिँदै गएको छ भने मोदी, पुटिन र सीबीचको अनौपचारिक भेटवार्तालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ठूलो महत्वका साथ नियालेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार