काठमाडौं । रासायनिक मलको आपूर्ति, वितरण तथा उपलब्धतासम्बन्धी गुनासोको प्रभावकारी सम्बोधनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशगत रूपमा फोकल व्यक्ति तोकेको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार किसान, कृषि सहकारी, कृषि सामग्री विक्रेता तथा अन्य सरोकारवालाले मल सम्बन्धी कुनै समस्या, गुनासो वा जानकारी भए सम्बन्धित प्रदेशका फोकल व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। साथै उपलब्ध क्यूआर कोडमार्फत पनि गुनासो दर्ता गर्न सकिने जनाइएको छ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठलाई केन्द्रीय सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। यस्तै, गण्डकी प्रदेशका लागि गोविन्द पाण्डेय, बागमती प्रदेशका लागि सुदीप भुजेल, लुम्बिनी प्रदेशका लागि अनिस श्रेष्ठ, कोशी प्रदेशका लागि अभिमन्यु अधिकारी, सुदूरपश्चिम प्रदेशका लागि हरिशकुमार विष्ट तथा मधेश प्रदेशका लागि रविन बस्नेतलाई फोकल व्यक्ति निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले किसानहरूलाई मलको अभाव, कालोबजारी, वितरणमा ढिलाइ वा अन्य कुनै समस्या देखिएमा सम्बन्धित फोकल व्यक्तिमार्फत तत्काल जानकारी गराई समस्या समाधान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क