नेपाल धितोपत्र बोर्ड (SEBON) ले बोनस शेयर वितरणसम्बन्धी कर भुक्तानी प्रक्रियामा महत्वपूर्ण संशोधन गर्दै अब बोर्डमा दर्ता भएका सबै सङ्गठित संस्थाहरूले शेयरधनीलाई प्रदान गरिने बोनस शेयरमा लाग्ने लाभांश कर आफैँ मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
सोमबार जारी गरिएको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४० मा उपदफा (७) थप गर्दै—दशौँ संशोधनमार्फत—यो प्रावधान अनिवार्य गरिएको बोर्डले जनाएको छ।
संशोधित निर्देशिकामा भनिएको छ, “बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ।”
नयाँ व्यवस्था लागू भएसँगै बोनस शेयर प्राप्त गर्ने शेयरधनीले लाभांश कर सम्बन्धमा छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने भएको छ। साथै, कम्पनीहरूले लाभांश करको पारदर्शिता र समयबद्ध भुक्तानी सुनिश्चित गर्नुपर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता