काठमाडौं, – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ लगानीकर्ताले खाता खोल्दा र पहिल्यै खाता खोलेका लगानीकर्ताले KYC (Know Your Customer) विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य गरेको छ।
नेप्सेले सोमबार सूचना जारी गर्दै भनेको छ, “अबदेखि नयाँ खाता खोल्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्नेछ। त्यस्तै, पहिले नै खाता खोली सकेका लगानीकर्ताहरूले KYC अपडेट गर्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।”
नेप्सेले यो निर्णय डिजिटल प्रणालीलाई एकरुपीकरण गर्ने, लगानीकर्ताको विवरण सुरक्षित राख्ने र दुरुपयोग रोक्नका लागि गरिएको जनाएको छ। अहिले प्रयोग हुँदै आएको नागरिकता प्रमाणपत्रको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गरिने व्यवस्था लागू गरिनेछ।
यस निर्णयसँगै डिम्याट खाता, मेरो सेयर खाता, तथा अन्य पूँजी बजारसम्बन्धी सेवा लिन पनि NID अनिवार्य हुन सक्ने अनुमान गरिएको छ।
लगानीकर्ताहरूले यो सूचना गम्भीरतापूर्वक लिएर यथासिघ्र आफ्नो विवरण अद्यावधिक गर्न नेप्सेले आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin