काठमाडौं — आठ वटा कम्युनिस्ट दलहरूले एकतामा पुग्दै नयाँ राजनीतिक शक्ति निर्माण गरेका छन्। एकताको सहमति अनुसार नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)’ रहनेछ भने पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ हुने तय गरिएको छ।
नयाँ पार्टीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक रहनेछन्।
दलहरूले जारी संयुक्त विज्ञप्तिमा भनेका छन् कि एकताको उद्देश्य देशभरका वामपन्थी शक्तिलाई एउटै छातामुनि ल्याई समाजवादोन्मुख शासन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको मार्गलाई सुदृढ बनाउनु हो।
नयाँ पार्टीको संगठनात्मक संरचना, नीति तथा कार्यक्रम तय गर्नका लागि छिट्टै संयुक्त महासभा आयोजना गरिने जनाइएको छ।
१८ कार्तिक २०८२, सोमबार ०९:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता