आज, ३ फेब्रुअरी २०२५, नेपालभर श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमी पर्व उत्साहका साथ मनाइँदैछ। ज्ञानकी देवी सरस्वतीको पूजा-अर्चना गरी यो पर्व विशेष रूपमा विद्यार्थी, शिक्षक, लेखक, कलाकार, र संगीतकर्मीहरूले मनाउने परम्परा छ।
यस अवसरमा विभिन्न विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूमा विशेष सरस्वती पूजा आयोजना गरिएको छ। साथै, बसन्त पञ्चमीले वसन्त ऋतुको आगमनको संकेत गर्ने भएकाले यस दिनलाई ऋतुओंको परिवर्तनसँग पनि जोडिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यो पर्वले वसन्त ऋतुको सुरुवात गर्दै प्रकृतिमा नयापन ल्याउने बताउनुभएको छ। देशका विभिन्न सरस्वती मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ।
#बसन्त_पञ्चमी #श्रीपञ्चमी #सरस्वतीपूजा #Nepual
२१ माघ २०८१, सोमबार ०६:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता