काठमाडौँ, आगामी महाशिवरात्रीका अवसरमा प्रदर्शनमा आउने बहुप्रतीक्षित चलचित्र ‘लाज शरणम्’ को दोस्रो पात्र परिचयात्मक पोष्टर सार्वजनिक गरिएको छ। चलचित्र टिमले पात्रहरूको परिचय दिन र दर्शकहरूमाझ कौतूहलता बढाउने उद्देश्यले यो पोष्टर सार्वजनिक गरेको हो।
पृथक कथा र परिवेशमा आधारित चलचित्र ‘लाज शरणम्’ ले नयाँ संसार र नयाँ कथाको अनुभव गराउने बताएको छ। यसका निर्देशक र निर्माण टिमले छिट्टै चलचित्रको टिजर सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्।
चलचित्र आउँदो महाशिवरात्री (२०८१ फागुन १४ गते) प्रदर्शन हुने तयारीमा रहेको छ। प्रचार अभियानलाई तीव्रता दिँदै, चलचित्र टिमले दर्शकहरूबाट सधैँझैँ साथ र सहयोगको अपेक्षा गरेको छ।
दर्शकहरूले सार्वजनिक पोष्टरलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने, चलचित्रको टिजरले थप चासो र उत्सुकता बढाउने अपेक्षा गरिएको छ।
११ माघ २०८१, शुक्रबार १०:३० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता