बैतडीमा राति म्याग्निच्युडको भूकम्प, खलङ्गा आसपास केन्द्रविन्दु

बैतडी, जेठ ९, २०८२ — बैतडी जिल्लामा राति करिब १ बजेर ४८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ। खलङ्गा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पले स्थानीयबासीमा त्रास फैलाएको छ।


रातिको समयमा सुतिरहेको बेला आकस्मिक रुपमा भूकम्पको झडका महसुस भएपछि धेरै स्थानीयबासी घर बाहिर निस्कन बाध्य भएका थिए। भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको स्थानीयहरूले बताएका छन्।


हालसम्म भूकम्पबाट भएको क्षति र असरको यकिन विवरण आइसकेको छैन। तर, घटनाबारे थप जानकारी संकलनको कार्य भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उज्यालोलाई जानकारी दिनुभएको छ।

अधिकारीका अनुसार, भूकम्पको म्याग्निच्युड कति थियो भन्ने जानकारी सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ। स्थानीय प्रशासन सतर्क रहँदै स्थलगत निरीक्षण तथा जानकारी संकलनमा जुटिरहेको जनाएको छ।

प्रतिक्रिया