काठमाडौं, साउन १९ – पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्यालाई समाधान गर्न मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो। बैठकमा ग्यास आपूर्तिमा देखिएको समस्या, त्यसका कारण तथा तत्काल अपनाउनुपर्ने समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा ग्यास व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नरहेको, तर आधा भरिएका सिलिन्डर पुनः भर्ने कार्य सुरु भएसँगै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेकाले माग अस्वाभाविक रूपमा बढेको जानकारी गराएका थिए।
बैठकले आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यासको आपूर्ति सहज बनाउन आयात परिमाण बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्ने निर्णय गरेको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्तिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवाला निकायसँग निरन्तर छलफल र समन्वयलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता