बाँके । जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ घर भएका प्रहरी जवान तिलक सुनार प्रतिबन्धित लागुऔषध सहित नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउमा परेका छन् । भारतको रुपैडियाबाट लागुऔषध लिएर आउँदै गर्दा २४ बर्षीय सुनारलाई लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।
काठमाडौ उपत्यका प्रहरी शुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान सुनार कार्यरत रहेको उनी पैदल हिडेर आउँदै गरेका सुनारको व्यवहार शंकास्पद लागेपछि लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।
सुनारले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध ६ सय ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक (सई) नविन रिजालले जानकरी दिए ।
७ फाल्गुण २०८०, सोमबार ०१:१२ मा प्रकाशित