राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन्। खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेका हुन्। खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डा। मुकुल ढकालले बताए।

यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए। २०७९ मंसिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौं–१ को उम्मेदवार बनेका थिए।


प्रतिक्रिया