राष्ट्रियसभाको बैठक बस्दै, उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ स् १५ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले सदस्य विष्णुदेवी पुडासैनीलाई र भगवती न्यौपानेले विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ । अध्यक्ष नारायणप्रसाद दाहालले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 


राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले आमा दर्शन न्युज  संवाददाता लाई जनाएको छ ।

 

तस्विर :आमा दर्शन न्युज/जेन श्रेष्ठ

प्रतिक्रिया