जोमसोम—कागबेनी कालोपत्रे स्टक्चर अन्तिम चरणमा

जोमसोम—राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्र्तगत जोमसोम—कागबेनी १३ किमी सडकमा कालोपत्रे स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ । ४ वर्षअघि ग्राभेल सडक विस्तार भई (बेनी—जोमसोम—कोरला) सडक आयोजनालाई हस्तान्तरण भईसकेकोपछि भौतिक पूर्वाधार मन्त्रालयले २०७८ सालमा जोमसोम—कागबेनी सडकमा कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो । 

२०७६ सालमा जोमसोम—कोरला पहिलो खण्ड अन्र्तगत जोमसोम—ताङ्वे १८ किमी सडकमा सडक स्तरोन्नति तथा ग्राभेलको काम खड्ग कृष्ण जेभीले पूरा गरेको थियो । त्यसबेला जोमसोम—कोरला ११० किमी सडकको ७ खण्डलाई २ अर्व ६ करोड बजेट छुट्याईएको थियो ।जसमध्ये चराङ—छोसेर २५ किमी ग्राभेल सडकको काम ६ वर्ष बितिसक्दा समेत पुरा हुन सकेको छैन ।

२०७८ साल असोज ४ गते ठेक्का सम्झौता भएको जोमसोम—कागबेनी १३ किमी सडकको सम्झौता लागत २८ करोड १४ लाख छ । त्यसबेलाको सडकलाई थप स्तरोन्नति गरी दुई वर्ष भित्र कालापत्रे गर्ने गरी  रौटाहा आत्रेय जेभीले सम्झौता गरेको थियो ।तर,निर्माण कम्पनीले सम्झौता अवधि सकिन लाग्दा समेत सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई अवरुद्ध पारेको थियो । अहिले उक्त सडकलाई कालोपत्रे गर्न जोईन पार्टनर रौटाहाले  जिम्मा लिएको छ ।

सम्झौता अवधि चालु आर्थिक वर्ष २०८० को असोज ३ सम्म रहेको जोमसोम—कागबेनी कालोपत्रे सडक निर्माणको कामलाई १ वर्ष म्याद थप गरी २०८१ को असोज ३ गतेसम्म पू¥याईएको छ ।  म्याद सकिएको डेढ महिनामा जोईन कम्पनी रौटाहाले कालोपत्रे सडक स्तरोन्नतिको कामलाई तिब्रता दिएको हो । आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईका अनुसार जोमसोम—कागबेनी कालोपत्रे सडकको पछिल्लो भौतिक प्रगती ४० प्रतिशत रहेको जानकारी दिए ।

जोमसोम—कागबेनी १२ किमी र कागबेनी श्राद्धस्थल देखि मुख्य राजमार्ग सडकसम्मको १ किमी दुरीमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिले कालोपत्रे सडक स्टक्चरको काम अन्तिम चरणमा पुगेको आयोजनाका सूचना अधिकारी  ईन्जिनीयर चापागाईले उल्लेख गरे । जोमसोम—कागबेनी कालोपत्रेका लागि रेटेनिंग वाल लगाउने,बेस्ट वाल,सवग्रेड,कल्भर्ट,ड्रेन  निर्माण , सवबेस र रिभर प्रोटेक्सन लगायतको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

 आयोजनाका अनुसार दशैं अघिसम्म कालोपत्रेका लागि सव वेस बिच्छ्याउन कार्य अन्तिम चरणमा पुगेको र त्यसपछि प्राईम ट्याक गरेर अस्फाल्ट कालोपत्रे गर्ने तयारी भईरहेको बताईएको छ । तर, जोमसोम—कागबेनी सडकमा कालोपत्रे बिच्छ्याउने तयारी भईरहँदा दशैं अघि घर गएका मजदुरहरु काममा फर्किएका छैनन् । ईन्जिनीयर चापागाईले तिहारपछि कालोपत्रेको कामलाई अघि बढाउने बताए ।

जोमसोम—कागबेनी सडक कालोपत्रे सम्पन्न भएमा मुक्तिनाथ मन्दिरको यात्रा सहज हुँनेछ । कागबेनी—मुक्तिनाथ सडकमा ९ किमी कालोपत्रे भएकोमा जोमसोम—कागबेनी कालोपत्रे पुरा भएमा जोमसोम—मुक्तिनाथ पुरै २१ किमी सडक कालापत्रेमा परिणत हुनेछ ।जोमसोम—कागबेनी सडक हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङ पुगिन्छ ।निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताले जोमसोम—कागबेनी कालोपत्रे सडकको काममा बिलम्व भएको हो ।


फोटो क्याप्सन ः कालापत्रे तयारीमा जोमसोम—कागबेनी कालोपत्रे सडक । तस्विर ःसुन्दरकुमार थकाली ।


प्रतिक्रिया