काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पूँजीबजारमा ‘शर्ट सेलिङ (Short Selling)’ प्रणाली कार्यान्वयन गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट ले बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने व्यवस्था गर्न ‘शर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालमा शेयर बजार सधैँ बढिरहनुपर्ने धारणा व्यावहारिक नभएको उल्लेख गर्दै कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्र लाग्न नसक्ने बताउनुभयो। बजार घट्नेबित्तिकै धितोपत्र बोर्डमाथि अनावश्यक दबाब पर्ने प्रवृत्ति रहेको भन्दै बोर्डको मुख्य जिम्मेवारी बजारको दिशा निर्धारण गर्नु नभई सबै लगानीकर्ताका लागि निष्पक्ष र पारदर्शी ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु रहेको स्पष्ट पार्नुभयो।
अध्यक्ष भट्टले ‘शर्ट सेलिङ’ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्ने र पछि मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सक्ने बताउनुभयो। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने हालको व्यवस्था अनुसार शेयर खरिद गरी मूल्य बढेपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।
यससँगै उहाँले धितोपत्र बोर्डले नेपालको पूँजीबजारलाई थप व्यवस्थित, प्रतिस्पर्धी र आधुनिक बनाउन ‘नेपालको पूँजीबजार विकास मार्गचित्र २०८३’ सार्वजनिक गरिसकेको जानकारी दिँदै उक्त मार्गचित्र कार्यान्वयनसँगै पूँजीबजारका विद्यमान समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्नुभयो
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय