वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले बैशाख महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिदा ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने ३ बैंकले बढाएका छन् भने बाँकीले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् ।
जेठ महिनाका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक,कुमारी बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाउदा एभरेष्ट बैंक,नेपाल बैंक र सानिमा बैंकले भने ब्याजदर बढाएका छन्।
बैशाख महिनामा व्यक्तिगत तर्फ ५ दशमलव ९८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत ब्याजदर जेठ महिनामा ५ दशमलव ९५ प्रतिशत कायम हुन आएको छ। त्यस्तै, संस्थागत तर्फ मुद्दती खातामा वाणिज्य बैंकहरुको औषत ब्याजदर चैत महिनामा ४ दशमलव ३७ प्रतिशत रहेकोमा बैशाख महिनामा ० दशमलव ०२ प्रतिशत बढेर ४ दशमलव ४.३९ प्रतिशत कायम हुन आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़