कहिलेकाहीँ संगीत केवल स्वर र लय हुँदैन, त्यो राष्ट्रको आत्मा बग्ने नदी बन्छ । र कहिलेकाहीँ एउटी कलाकारले त्यही नदीको किनारामा उभिएर इतिहासलाई स्पर्श गरिदिन्छिन । सीतामैयाँ राजचलज्यू उहीँ कलाकार मध्येकी हुन् । नेपाली सांगीतिक चेतनाको एउटा उज्यालो अध्याय हुन् । नाम सीताजस्तै गौरव र इतिहास बोकेको ऐतिहासिक दस्तावेज जहाँ उहाँले उभिएर सितार बजाउने विश्वकै पहिलो महिला कलाकारको कीर्तिमान कायम गरेकीछिन । देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुनुभएकी छिन भने उहाँले सितारका तारहरूबाट नेपालको राष्ट्रिय गानमा थप आत्मीयता थप्ने काम गर्नुभएको छ ।
“सयौँ थुँगा फूलका हामी…”
यो केवल एउटा वादन होइन, यो राष्ट्रगानप्रति गरिएको सांगीतिक साधना हो । श्रद्धाको मौन अभिवादन हो । व्याकुल माइलाको शब्द, अम्बर गुरुङको अमर संगीत यी दुई अमर सम्पदालाई सीतामैयाँज्यूले सितारको शास्त्रीय गरिमाद्वारा नयाँ जीवन दिएकी छिन । सितारका तारमा पहाडको शान्ति, तराईको फैलावट र हिमालको गौरव एकैचोटि सुनिन्छ । वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीत संयोजनमा र निर्देशक निर्णय श्रेष्ठको दृष्टिमा नेपाल आर्मीको सहकार्यसहित तयार गरिएको यो श्रव्यदृश्य कृति केवल भिडियो होइन यो राष्ट्रप्रेमको सांगीतिक दस्तावेज हो ।
तीन दशकभन्दा बढी समयदेखि संगीतलाई साधना बनाएकी सीतामैयाँज्यू २०५४ सालदेखि व्यावसायिक यात्रामा सितारलाई आफ्नो पहिचान बनाउँदै आएकी छिन । देशविदेशका मञ्चहरूमा उहाँको सितारले नेपालको मौनशान्ति सद्भाव परिचय दिँदै आएको छ ।
वि.सं.२०७५ चैत्र २५ गते वर्ल्ड बुक अफ रेकर्ड लण्डनले ‘विश्वकै पहिलो उभिएर सितार बजाउने महिला’ भनेर नाम लेखिदिँदा त्यो केवल व्यक्तिगत सम्मान थिएन, त्यो नेपाली नारी प्रतिभाको आत्मीय सम्मान थियो ।
आज, उहाँको सितारमा बजेको राष्ट्रिय गान हामी सबैलाई सम्झाइरहेको छ कि राष्ट्र प्रेम भाषणले होइन, कर्मले बज्छ । र जब त्यो कर्म संगीत हुन्छ, त्यो सधैं अमर रहन्छ । सीतामैयाँ राजचलज्यूको सितार आज एउटा वाद्य मात्र होइन, राष्ट्रको धड्कन बनेको छ ।
शब्द मौन हुँदा तारहरू बोल्छन
र जब तारहरू बोल्छन राष्ट्रहरुले सुन्छन ।
उभिएकी एउटी नारी,
हातमा सितार, हृदयमा नेपालको रोज
सीतामैयाँ राजचल नाम होइन,
संगीतले उभ्याएको एउटा ध्वज ।
सितारका तार तन्किदा हिमालको शिर ठाडो हुन्छ, मधेसको समथर छाती फैलिन्छ, पहाडका बाटाहरू लयमा हिँड्न थाल्छन ।
यो अब केवल गान रहेन, यो त तारतारमा बाँधिएको विश्वलाई नेपाल चिनाउन सक्ने आत्मिय श्वास बनेको छ ।
वीडियो हेर्नू यहाँ क्लिक गर्नुहोला
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर