भारतीय राजदुत श्रीवास्तवमा मुस्ताङमा

जोमसोम—नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव मुस्ताङ आएका छन् । राजदुत श्रीवास्तव काठमान्डौंबाट बेनी—जोमसोम सडकमार्ग हुँदै शनिबार मुस्ताङ आईपुगेका हुन् ।

 भारतीय राजदुत नविन श्रीवास्तवको मुस्ताङ  भ्रमण नितान्त व्यक्तिगत र पारिवारिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । शनिवार साँझ सडकमार्ग हुँदै मुस्ताङ आईपुगेका भारतीय राजदुत श्रीवास्तव अहिले जोमसोम स्थित होटल मोक्ष रिसोर्टमा आराम गरी बसेको प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । 

राजदुत श्रीवास्तवले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । राजदुत श्रीवास्तवसंगै केही सहयोग साथमा छन् । उनी मुस्ताङमा कति दिन र कहाँ कहाँ जाने कार्यक्रम छ भन्ने स्पष्ट खुल्न नसकेको बताईएको छ ।

दशै पर्व सुरु भएसगैं धार्मिक तथा पर्यटक जिल्ला मुस्ताङ अहिले सुनसान छ । दशै पर्वले मुस्ताङमा पर्यटकको चहल पहल ह्वात्तै घटेको छ ।


प्रतिक्रिया