मन्त्रिपरिषद् चौथो पटक विस्तार हुँदै, चार नयाँ मन्त्री आजै शपथका लागि तयार

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यस विस्तारअन्तर्गत चार जना नयाँ मन्त्री नियुक्त गरिने भएका छन्।


सरकारी स्रोत अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रिपरिषद्मा समावेश गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनीहरूले आजकै दिन पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बताइएको छ।


मन्त्रिपरिषद्‌ विस्तारसँगै सरकारको कार्यगत क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया